३२ वर्षपछि अमिताभ र रजनीकान्त एकसाथ देखिँदै

नेपालभ्युज

३२ वर्षपछि अमिताभ र रजनीकान्त एकसाथ देखिँदै

मुम्बई। अभिनेता अमिताभ बच्चन र रजनीकान्त ३२ वर्षपछि फिल्ममा एकसाथ देखिने भएका छन् ।  साउथ र हिन्दी फिल्म उद्योगका मेगास्टार यी दुई दिग्गज अभिनेता  फिल्म ‘थलाइवर १७०’मा सहकार्य गर्न लागेका हुन् ।

तमिल सुपरस्टार रजनीकान्त हाल ‘जेलर’ र ‘लाल सलाम’मा व्यस्त छन् । यी दुई फिल्मपछि उनी टीजे ज्ञानवेलको फिल्म ‘थलाइवर १७०’मा जोडिनेछन् । यो रजनीकान्तको करियरको १ सय ७०औं फिल्म हो । फिल्ममा अमिताभको महत्त्वपूर्ण भूमिका रहनेछ ।

अमिताभ र रजनीकान्तले सन् १९९१ को एक्सन ड्रामा फिल्म ‘हम’मा सँगै अभिनय गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved