‘ए’ डिभिजन लिग : उपाधि विजेता चर्च ब्वाइजसँग पराजित खुमलटार रेलिगेसनमा

नेपालभ्युज

‘ए’ डिभिजन लिग : उपाधि विजेता चर्च ब्वाइजसँग पराजित खुमलटार रेलिगेसनमा

काठमाडौं। शहीद स्मारक ‘ए’ डिभिजन लिगमा उपाधि विजेता चर्च ब्वाइज युनाईटेडले एफसी खुमलटारलाई पराजित गरेको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको अन्तिम खेलमा चर्च ब्वाइजले खुमलटारलाई २-० गोलअन्तरले पराजित गरेको हो। यससँगै खुमलटार यस सिजन रेलिगेट हुने पहिलो टोली बनेको छ।

पहिलो हाफको इन्जयूरी समयमा खुमलटारको अफिसियल मैदान प्रवेश गरेर रेफ्रीमाथि हातफात गरेका थिए। म्यानेजरसहित ३ अफिसियललाई रेड कार्ड प्रदान गरिएको थियो।

चर्च ब्वाईजको लागि सुशील शाह र जोसेप बेम्पाहले गोल गरे। खेलको १२ औं मिनेटमा सुशीलले गोल गर्दै चर्चलाई अग्रता दिलाए। पहिलो हाफको इन्ज्यूरीमा समयमा नै जोसेपले चर्चको लागि दोस्रो गोल गरे।

चर्च ब्वाइजका गोलकिपर प्रिसोलाई पनि रातो कार्ड प्रदान गरियो। चर्चले २६ खेलमा ४८ अंक जोडेर लिगको समापन गर्‍यो । खुमलटार भने २६ खेलबाट २७ अंक जोड्दै पुछारमा रहँदै बी डिभिजन लिगमा रेलिगेट भएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको खेलमा फ्रेन्ड्स क्लबले एपीएफ क्लबलाई ४-० गोलअन्तरले पराजित गरेको हो। फ्रेन्ड्सको लागि टोरिक जेब्रिन, विकास थापा, राफिक अमिनु र अखरबेक उक्तामोभले गोल गरे। १५ औं मिनेमा जेब्रिनले गोल गर्दै फ्रेन्ड्सलाई अग्रता दिलाए।

३१ औं मिनेटमा विकासले फ्रेन्ड्सको लागि दोस्रो गोल गरे। ७२ औं मिनेटमा अमिनुले तेस्रो गोल गरे। ८२ औं मिनेटमा फ्रेन्ड्सको लागि उक्तामोभले चौथो गोल गरे। फ्रेन्ड्सले २६ खेलबाट ३० अंक जोडेको छ। एपीएफले पनि ३० अंक जोडेको छ।

यस्तै, च्यासल रंगशालामा भएको खेलमा पुलिसले सातदोबाटोलाई १–० गोलअन्तरले पराजित गर्‍यो। पुलिसको लागी अहमद हिजाजीले गोल गरे। २९ औं मिनेटमा हिजाजीले पुलिसको लागि गोल गरे। पुलिसले २६ खेलबाट ४१ अंक जोड्दा सातदोबाटोले भने ३५ अंक जोडेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved