नेप्से परिसूचकमा झिनो अङ्कको सुधार

नेपालभ्युज

नेप्से परिसूचकमा झिनो अङ्कको सुधार

काठमाडौं। धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले बढेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४.६८ अङ्कले बढेर १९ सय ३२.३३ विन्दुमा पुगेको छ ।

यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ३८ अङ्कले बढेर तीन सय ६५ दशमलव ४७ मा पुगेको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये पाँच उपसमूहको सेयर मूल्यमा गिरावट आउँदा आठ उपसमूहको सेयर मूल्यमा भने वृद्धि भएको छ ।

विभिन्न कम्पनीका ६५ लाख ४१ हजार तीन सय ८८ कित्ता सेयर रु दुई अर्ब ३६ करोड ८८ लाख १५ हजार छ सय ३५ मूल्यमा खरिद बिक्री भएका छन् । नेप्सेका अनुसार कारोबार रकमका आधारमा सोल्टी होटल शीर्ष स्थानमा छ । सोल्टी होटलको रु १० करोड १३ लाख १० हजार सात सय ३४ बराबरको कारोबार भयो ।

शिवम् सिमेन्ट रु. आठ करोड ९७ लाख २१ हजार चार सय ९१, नागरिक लगानी कोष रु. ६ करोड ९० लाख ३८ हजार, नेपाल दूरसञ्चार कम्पनी रु. ६ करोड ५२ लाख ९० हजार दुई सय ६३ र आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको रु. पाँच करोड ६७ लाख ७१ हजार एक सय ५५ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार, युनिक नेपाल लघुवित्तको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । खप्तड लघुवित्त आठ दशमलव शून्य दुई, स्वाभिमान लघुवित्त पाँच दशमलव ९५, साल्ट ट्रेडिङ कर्पोरेसनको पाँच दशमलव ४२ र सगरमाथा जलविद्युत् कम्पनीको सेयर मूल्य पाँच दशमलव १५ प्रतिशतले घटेको छ ।

यस्तै, सिद्धार्थ इक्विटी फन्ड चार दशमलव ३५, सनराइज फोकस्ड इक्विटी फन्ड तीन दशमलव ८२, मनकामना स्मार्ट लघुवित्त तीन दशमलव ६५, एनआईबीएल ग्रोथ फन्ड तीन दशमलव ५३ र आरबीबी म्युचुअल फन्ड पहिलोको सेयर मूल्य तीन दशमलव २५ प्रतिशतले घटेको छ । आजको कारोबारपछि बजार पुँजीकरण रु २८ खर्ब २० अर्ब ९९ करोड पुगेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved