सन्दीप लामिछाने दक्षिण अफ्रिका उडे, नेपाली टोलीमा सामेल हुने

आगामी १८ जुनदेखि ९ जुलाईसम्म हुने विश्वकपको ग्लोबल क्वालिफायर खेल्दैछ । त्यसैको तयारीको लागि नेपाली टोली पूर्वदक्षिण अफ्रिका भ्रमणमा रहेको छ । अब सन्दीप पनि नेपाली टोलीमा सामेल भएर देशका लागि खेल्नेछन् ।

नेपालभ्युज

सन्दीप लामिछाने दक्षिण अफ्रिका उडे, नेपाली टोलीमा सामेल हुने

काठमाडौं।  लामो झण्झट र प्रक्रियापछि नेपाली क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने दक्षिण अफ्रिका उडेका छन् ।

नेपाल क्रिकेट संघ क्यानले सन्दीपलाई दक्षिण अफ्रिका पठाएको हो । लामिछानेले विमानस्थलको फोटो पोष्ट गर्दै आफू दक्षिण अफ्रिका जाने क्रममा रहेको बताएका छन्।

बलात्कार मुद्दामा अदालतले असार २९ मा सन्दीपको पेसी तोकेसँगै क्यानले सन्दीपलाई दक्षिण अफ्रिका पठाउने तयारी गरेको थियो ।

आगामी १८ जुनदेखि ९ जुलाईसम्म हुने विश्वकपको ग्लोबल क्वालिफायर खेल्दैछ । त्यसैको तयारीको लागि नेपाली टोली पूर्वदक्षिण अफ्रिका भ्रमणमा रहेको छ । अब सन्दीप पनि नेपाली टोलीमा सामेल भएर देशका लागि खेल्नेछन् ।

यसअघि, नेपाली टोलीसँग नै पठाउँदा पूर्ण १ हप्तापश्चात नेपाल फर्काउनु पर्ने स्थिति देखिएसँगै सन्दीपलाई दक्षिण अफ्रिका पठाइएको थिएन।

फौजदारी अभियोग भएको हुँदा सन्दीपले प्रत्येक पेशीमा आफैँ अदालत उपस्थित हुनुपर्छ । उपस्थित हुन नसके २१ दिनभित्रमा उनले तारेख बुझ्नपर्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved