भारत भ्रमणबारे पूर्वप्रधानमन्त्रीसँग परामर्शमा प्रधानमन्त्री प्रचण्ड, यस्तो आयो सुझाव

आगामी बुधबारबाट भारत भ्रमणका क्रममा उठाउनुपर्ने विषय, नेपालका राजनीतिक प्राथमिकताका सन्दर्भमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वप्रधानमन्त्री, दलका नेताहरूसँग परामर्श गरेका छन्। सिंहदरबारमा भएको छलफलमा धेरैजसोले ईपीजीको प्रतिवेदन ग्रहण गर्न सुझाव दिएका छन्।

नेपालभ्युज

भारत भ्रमणबारे पूर्वप्रधानमन्त्रीसँग परामर्शमा प्रधानमन्त्री प्रचण्ड, यस्तो आयो सुझाव

काठमाडौं। आगामी बुधबारबाट भारतको चारदिने भ्रमणका क्रममा उठाउनुपर्ने विषय, नेपालका राजनीतिक प्राथमिकताका सन्दर्भमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्वप्रधानमन्त्री, दलका नेताहरूसँग परामर्श गरेका छन्। सिंहदरबारमा भएको छलफलमा धेरैजसोले ईपीजीको प्रतिवेदन ग्रहण गर्न सुझाव दिएका छन्।

प्रधानमन्त्री दाहालले आगामी बुधबार देखी शनिबारसम्म भारतको चार दिने औपचारिक भ्रमणमा जाँदैछन्। भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले भारतीय समकक्षी नरेन्द्र मोदीलगायतसँग भेटघाट गर्ने तय भएको छ। भ्रमणका क्रममा लगानी, उर्जाब्यापार सहित अन्य विषयमा छलफल गर्ने तयारी भएको छ।

सो क्रममा नेपालको तर्फबाट उठाउनुपर्ने एजेन्डाबारे प्रचण्डले छलफल गरेका हुन्। छलफलमा नेपाल समाजवादीका अध्यक्ष पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले छिमेकीसँग राम्रो वातावरण बनाउन सुझाव दिएको बताए।

‘‘सीमा समस्या छ। व्यापार पारवहनका कुरा छन्। खुला सिमाना, परराष्ट्रसम्बन्धी सबै कुरालाई समाधानका गर्नुपर्छ’’ उनले भने, ‘‘ईपीजीको प्रतिवेदन ग्रहण गर्नुपर्छ।’’ बैठकमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, केपी शर्मा ओली, बाबुराम भट्टराई, झलनाथ खनालसहित शीर्ष नेताहरू सहभागी छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved