भारत भ्रमणबारे प्रधानमन्त्रीले पूर्वप्रधानमन्त्री र कुटनीतिज्ञसँग छलफल गर्दै

नेपालभ्युज

भारत भ्रमणबारे प्रधानमन्त्रीले पूर्वप्रधानमन्त्री र कुटनीतिज्ञसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमणबरे आज आइतबार पूर्व प्रधानमन्त्री, दलका नेता, पूर्व परराष्ट्रमन्त्री लगायतसँग छलफल गर्ने भएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो २ बजे पूर्वप्रधानमन्त्री, दलका नेता, पूर्व परराष्ट्रमन्त्रीसँग छलफल हुनेछ ।

यस्तै दिउँसो साढे ३ बजे पूर्व परराष्ट्र सचिव, भारतका लागि पूर्व राजदूतहरु र विज्ञसँग छलफल हुने प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री प्रचण्ड जेठको १७ गते तीन दिन भारत भ्रमणमा जाँदैछन् । भारत भ्रमणमा जानुपूर्व प्रधानमन्त्री प्रचण्डले पूर्वप्रधानमन्त्रीहरुसहित विभिन्न क्षेत्रका विज्ञसँग छलफल गर्न लागेका हुन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved