दीपकराज गिरीले झिंगटी टोलमा ३० वटा घर निर्माण गर्ने

‘छक्कापञ्जा ४’ फिल्म निकै व्यस्त भएपछि कलाकार दीपकराज गिरी  सम्पदा संरक्षणतर्फ लागेका हुन्। आफू जन्मिएको गाउँ काठमाडौंको चन्द्रागिरी नगरपालिका–१ को दहचोकस्थित झिंगटी घर टोलमा मौलिक कलाशैली झल्किने ३० वटा घर निर्माणको योजनामा छन्।

नेपाल भ्युज

दीपकराज गिरीले झिंगटी टोलमा ३० वटा घर निर्माण गर्ने
भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिसँग अभिनेता दीपकराज गिरी

काठमाडौं। ‘छक्कापञ्जा ४’ फिल्म निकै व्यस्त भएपछि कलाकार दीपकराज गिरी  सम्पदा संरक्षणतर्फ लागेका हुन्। आफू जन्मिएको गाउँ काठमाडौंको चन्द्रागिरी नगरपालिका–१ को दहचोकस्थित झिंगटी टोलमा मौलिक कलाशैली झल्किने ३० वटा घर निर्माणको योजनामा छन्।

उनी यी घरलाई ‘भक्तपुर’ र ‘बन्दीपुर’जस्तो नमुना थलो बनाउन चाहन्छन्। एकातिर सम्पदा संरक्षण र पर्यटन, अर्कोतिर फिल्म छायांकन गर्ने उद्देश्यले दीपक नमुना गाउँ बनाउन कस्सिएका हुन्।

यिनै उद्देश्यले बिहीबार दीपक र भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिबीच भेट भएको छ। भेटमा दीपकले सम्पदा शैलीको नमुना घर बनाउँदा कसरी कार्यविधि र शैलीमा काम गर्न सकिन्छ भनेर मेयर प्रजापतिसँग कुराकानी गरे।

स्थानीयसँग मिलेर दीपकले नमुना गाउँ निर्माणको योजना अघि सारेका छन्। नगरपालिकाले कार्यविधि पास गरे भौतिक पूर्वाधार निर्माणको कार्य अघि बढ्नेछ। यसबाहेक दीपक दहचोकमा आफ्नै लगानीमा स्टुडियो निर्माणमा समेत व्यस्त छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2023 Digital House Nepal Pvt. Ltd. - All rights reserved