नक्कली भुटानी शरणार्थी प्रकरण विवादमा आईजीपीलाई तान्नु निन्दनीय : नेपाल प्रहरी

नेपालभ्युज

नक्कली भुटानी शरणार्थी प्रकरण विवादमा आईजीपीलाई तान्नु निन्दनीय : नेपाल प्रहरी

काठमाडौं। नेपाल प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी महानिरीक्षक (आईजीपी) वसन्त कुँवरलाई विवादमा तानिएकोप्रति आपत्ति जनाएको छ ।

बुधबार एक विज्ञप्ति जारी प्रहरी प्रधान कार्यालयले कुनै व्यक्तिले गरेको संवादकै आधारमा शरणार्थी प्रकरणमा प्रहरी महानिरीक्षकलाई जोड्नु निन्दनीय भएको बताएको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘कुनै दुई व्यक्तिले गरेको संवादकै आधारमा शरणार्थी प्रकरणका आरोपितबाट प्रहरी प्रमुख स्वयंले नै आर्थिक फाइदा लिएको भन्ने अतिशयोक्ति तथ्य स्थापित गर्न खोजी प्रहरी महानिरीक्षकलाई विवादमा तानिनु अत्यन्त निन्दनीय छ ।’

हेर्नुहोस् विज्ञप्ति


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved