एजेन्सी । चेन्नई सुपर किंग्स इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको फाइनलमा पुगेको छ ।
गएराती गुजरात टाइटन्सलाई १५ रनले हराउँदै चेन्नई उपाधि नजिक पुगेको हो । जितका लागि १ सय ७३ रनको लक्ष्य पछ्याएको गुजरात निर्धारित २० ओभरमा १ सय ५७ रनमा अलआउट भयो । उसका शुभमन गिलले सर्वाधिक ४२ रन बनाए ।
चेन्नईका रविन्द्र जडेजा, दीपक चाहर, महेश थिक्सेना, मथिशा पाथिरानाले समान २/२ विकेट लिए । । त्यसअघि घरेलु मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७२ रन बनाएको थियो ।
चेन्नईका ऋतुराज गायकवाडले सर्वाधिक ६० रन बनाए । गुजरातका मोहित शर्मा र मोहम्मद शामीले समान २÷२ विकेट लिए । नुर अहमद, राशिद खान र दर्शन नालकंडेले समान १/१ विकेट लिए ।
पराजित गुजरातले फाइनल प्रवेशका लागि आज हुने मुम्बई इन्डियन्स र लखनउ सुपर जायन्ट्सबीचको एलिमिनेटर खेलको विजेतासँग शुक्रबार खेल्नेछ ।