नेपाल एनएससी-काभा महिला भलिबलको सेमिफाइनलमा

नेपालभ्युज

नेपाल एनएससी-काभा महिला भलिबलको सेमिफाइनलमा

काठमाडौं। एनएससी–काभा महिला भलिबल च्यालेन्ज कपमा नेपालले सेमिफाइनलमा स्थान पक्का गरेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् राखेपको कभर्डहलमा मङ्गलबार भएको खेलमा बङ्गलादेशलाई पराजित गर्दै नेपाल सेमिफाइनल पुगेको हो।

नेपालले बङ्गलादेशलाई ३–० को साझो सेटमा पराजित गरेको हो। नेपालले बङ्गलादेशलाई पहिलो सेटमा २५–१०, दोस्रोमा २५–८ र तेस्रोमा २५–९ ले पराजित गरेको थियो।

जितसँगै समूह एमा भएको नेपालले कुल ६ अंक जोडेको छ। ६ अंक नै भएको भारत यसै समूहको सेमिफाइनलमा पुग्ने योजनामा रहेको छ। समूह चरणमा लगातार २ हार व्यहोरेको बङ्गलादेश र कीर्गिजस्तानको यात्रा भने समाप्त भएको छ।

बुधबार नेपाल र भारत आमने सामने हुनेछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved