सागर ढकालले भाडा नतिरेको भन्दै घरधनी प्रहरीमा जान लागेपछि भाइले तिरिदिए

भाडा नतिरेको भन्दै चर्को आलोचना भएपछि सागर ढकालका भाइले डडेलधुरामा रहेकी घरभेटीलाई भाडा रकम तिरिदिएका छन्। भाडा नतिरेको भन्ने समाचार सार्वजनिक भएपछि र घरभेटी प्रहरीमा उजुरी दिन जान लागेपछि उनका भाइले १५ हजार रुपैयाँ खातामा पठाएको घरभेटी सीतादेवी भाटले बताइन्।

नेपालभ्युज

सागर ढकालले भाडा नतिरेको भन्दै घरधनी प्रहरीमा जान लागेपछि भाइले तिरिदिए

डडेलधुराभाडा नतिरेको भन्दै चर्को आलोचना भएपछि सागर ढकालका भाइले डडेलधुरामा रहेकी घरभेटीलाई भाडा रकम तिरिदिएका छन्।

भाडा नतिरेको भन्ने समाचार सार्वजनिक भएपछि र घरभेटी प्रहरीमा उजुरी दिन जान लागेपछि उनका भाइले १५ हजार रुपैयाँ खातामा पठाएको घरभेटी सीतादेवी भाटले बताइन्। अझै तीन महिनाको भाडा बाँकी पाउन बाँकी रहेको घरभेटीले बताइन्।

प्रतिनिधि सभा निर्वाचनका बेला डडेलधुरामा कोठाभाडा लिएका स्वतन्त्र उम्मेदवार सागर ढकालले आठ महिनायता कोठा भाडा तिरेका थिएनन्।

डडेल्धुरामा आठ महिनादेखिको कोठाभाडा नतिरी सागर ढकाल सुटुक्क विदेसिए

बाँकी पाँच महिनाको भाडा भने पछि तिर्ने सागरका भाइले बताएका छन्। डडेलधुराको अमरगढी नगरपालिका–५ विद्युत् रोडमा कोठा भाडा लिएका ढकालले आठ महिनादेखिको भाडा नतिरेको घरधनी सीतादेवी भाटले बताएकी थिइन्। कोठामा ताला लगाएर ढकाल सम्पर्कविहीन रहेको उनको भनाइ थियो। भाडा माग्दा घर चुहिने भएर नदिएको भन्दै सागर ढकालले उल्टै आफ्नो अपमान गरेको उनले बताएकी छिन्।

ढकाल रोजगारीको लागि दुई महिनादेखि साउथ सुडानमा छन्। गत वर्ष सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा ढकाल पूर्वप्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवासँग पराजित भएका थिए। देउवाले २५ हजार ५३४ मत पाउँदा स्वतन्त्र उम्मेदवार ढकालले १३ हजार ४२ मत ल्याएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved