डडेल्धुरामा आठ महिनादेखिको कोठाभाडा नतिरी सागर ढकाल सुटुक्क विदेसिए

अमरगढी नगरपालिका–५ विद्युत् रोडमा कोठा भाडा लिएका ढकालले आठ महिनादेखिको भाडा नतिरेको घरधनी सीतादेवी भाटले बताइन्। भाडा नतिरे प्रहरीकोमा निवेदन दिने तयारीमा रहेको भाटले बताइन्। सागर ढकाल साउथ सुडानमा रहेको उनका भाइ जनक ढकालले बताएका छन्।

नेपालभ्युज

डडेल्धुरामा आठ महिनादेखिको कोठाभाडा नतिरी सागर ढकाल सुटुक्क विदेसिए

डडेल्धुरा। प्रतिनिधिसभा निर्वाचनका बेला तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवासँग चुनावी प्रतिस्पर्धा गरेका सागर ढकाल कोठा भाडा नतिरी बिदेसिएका छन्। डडेल्धुरामा चुनावमा उम्मेदवार बन्ने बेलामा लिएको कोठाको भाडा अहिलेसम्म नतिरी उनी सम्पर्कविहीन भएका हुन्।

डडेल्धुराको अमरगढी नगरपालिका–५ विद्युत् रोडमा कोठा भाडा लिएका ढकालले आठ महिनादेखिको भाडा नतिरेको घरधनी सीतादेवी भाटले बताइन्। कोठामा ताला लगाएर ढकाल सम्पर्कविहीन रहेको उनको भनाइ छ।

उनले भनिन्, ‘‘भाडा तिर्न आएका छैनन्। उनी विदेशमा काम गर्न गएको उनको साथीहरू भन्छन्। पैसा पनि पडाएका छैनन्। कोठा खाली गर्न पनि भनेका छैनन्।’’

महिनाको तीन हजारका दरले भाडा रहेको त्यहाँ सुरुका तीन महिनाको भाडा नौ हजार दिएपछि नदिएको उनले बताइन्। असोजदेखिको आठ महिनाको बाँकी रहेको घरभेटीले सुनाइन्।

भाडा नतिरे प्रहरीकोमा निवेदन दिने तयारीमा रहेको भाटले बताइन्। सागर ढकाल दुई महिनादेखि साउथ सुडानमा रहेको उनका भाइ जनक ढकालले बताएका छन्।

मंसिरमा सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा सागर ढकाल पूर्वप्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवासँग पराजित भएका थिए। देउवाले २५ हजार ५३४ मत पाउँदा स्वतन्त्र उम्मेदवार ढकालले १३ हजार ४२ मत ल्याएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved