नागरिक उन्मुक्ति पार्टीद्वारा देशव्यापी आन्दोलन घोषणा

नेपालभ्युज

नागरिक उन्मुक्ति पार्टीद्वारा देशव्यापी आन्दोलन घोषणा

धनगढी। नागरिक उन्मुक्ति पार्टीले आजदेखि देशव्यापी रूपमा सशक्त आन्दोलनका कार्यक्रम अघि बढाउने निर्णय गरेको छ ।

टीकापुर घटनामा पार्टीका नेता रेशम चौधरीलाई सर्वोच्च अदालतले जन्मकैदको सजाय सुनाएपछि पार्टीले आजदेखि विभिन्न चरणका आन्दोलनका कार्यक्रम अघि बढाउने जनाएको छ ।

उन्मुक्तिले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ –‘जेठ ३, ४ र ५ गते देशव्यापी राँके जुलुस, प्रदर्शनी, कोण सभाका कार्यक्रम गरिने छ र जेठ ६ देखि १० गतेसम्म नेपाल बन्द गर्ने घोषणा रहेको छ ।

सर्वोच्च अदालतले लाल आयोग प्रतिवेदनलाई सार्वजनिक गरिनुपर्ने र रेशम चौधरीलगायत टीकापुर राजबन्दी रिहा हुनुपर्ने आफ्ना माग पूरा नभएको विज्ञप्तिमा उल्लेख छ ।

मंगलबार न्यायाधीशद्वय डाक्टर आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले टिकापुर नरसंहारका प्रतिवादी चौधरीलाई जन्मकैद गर्ने उच्च अदालत दिपायलको फैसला सदर गरेको हो ।

सर्वोच्च अदालतको फैसलासँगै तत्कालीन कानुनको आधारमा प्रतिवादी चौधरीलाई २० वर्ष कैद सजाय हुनेछ । चौधरी २०७४ फागुन १४ गतेबाट जेलमा बसेका उनी सामान्य अवस्थामा जेलमुक्त हुन अझै १४ वर्ष जेल सजाय काट्नुपर्ने हुन्छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved