एमाले मदन भण्डारीका विचारबाट विचलित भइसकेको छ : माधव नेपाल

नेपालभ्युज

एमाले मदन भण्डारीका विचारबाट विचलित भइसकेको छ : माधव नेपाल

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमाले अलोकतान्त्रिक बनेको बताएका छन् ।

बुधबार मदन-आश्रित स्मृति दिवसलाई काठमाडौंमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेकपा एमालेभित्रका अलोकतान्त्रिक चरित्र हटाउन नेता तथा कार्यकर्तालाई सुझाव दिए । एमालेभित्र नीतिभन्दा नेता प्रधान र व्यक्तिवाद हाबी भएको नेपालको आरोप छ ।

नेकपा एमालेले जबजको मुख्य विषय लोकतान्त्रिकरण भएको भन्दै अझै पनि त्यसको औचित्य रहेको बताए । उनले भने, ‘अहिले पनि जबजको औचित्य समाप्त भएको छैन । अहिले पनि हेर्ने हो भने पार्टीहरूभित्र अलोकतान्त्रिक चरित्र विद्यमान छन् । पार्टीहरुको लोकतान्त्रिककरण गर्नुपर्ने आवश्यक्ता अझै छ । त्यसको जीवन्त उदाहरण नेकपा एमाले छ ।’

एमाले मदन भण्डारीको विचारबाट समेत विचलित भइसकेको आरोप लगाउँदै नेपालले भने, ‘एउटा व्यक्तिको आदेश सबैले पालना गर्नुपर्ने मान्यता बोकेको त्यो पार्टी जनताको बहुदलीय जनवादबाट विचलित भइसकेको छ । मदन भण्डारीको विचारबाट विचलित भएको छ । यही मञ्चबाट आह्वान गर्छु, नेकपा एमालेका तमाम कार्यकर्ता, नेताहरूलाई आफू आफ्नो पार्टी भित्र रहेका गलत विचार र प्रवृत्तिहरूको पहिचान गर्नुहोस्, त्यसका विरुद्ध जुध्न आँट गर्नुहोस् ।’

देश भ्रष्टाचारमा चुर्लुम्म डुबेको बताउँदै अध्यक्ष नेपालले नेपालमा कांग्रेस, कम्युनिस्टबीच भ्रष्टाचारमा प्रतिस्पर्धा भइरहेको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved