‘बालकृष्ण खाणले आफूलाई निर्दोष साबित गर्छु भन्नुभएको छ’

पूर्वगृहमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका नेता बालकृष्ण खाणले नक्कली शरणार्थी प्रकरणमा आफूलाई निर्दोष प्रमाणित गर्ने बताएका छन् ।

नेपालभ्युज

‘बालकृष्ण खाणले आफूलाई निर्दोष साबित गर्छु भन्नुभएको छ’

काठमाडौं । पूर्वगृहमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका नेता बालकृष्ण खाणले नक्कली शरणार्थी प्रकरणमा आफूलाई निर्दोष प्रमाणित गर्ने बताएका छन् । अर्थमन्त्रीसमेत रहेका कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतकाअनुसार नेताहरूसँग खाणले यस्तो बताएका हुन् ।

“नक्कली भुटानी शरणार्थी प्रकरण गम्भीर विषय हो,” मङ्गलबार पत्रकारहरूसँग कुराकानी गर्दै उनले भनेका छन्, “पार्टीले यसलाई गम्भीरताका साथ लिएको छ । यसमा अनुसन्धान निष्पक्ष हुनुपर्छ । त्यसमा हामी पूर्ण सहयोग गर्छौँ । दोषी नउम्किउन्, निर्दोष नफसुन् ।”

प्रवक्ता महतले खाणपत्नी मन्जु खाणबारे जानकारी नभएको बताए । ‘उहाँलाई पार्टीले फलो गरेको छैन,’ उनले भनेका छन्, ‘आरजू राणा देउवाको सन्दर्भमा उहाँ आफैँले केश दर्ता गराउनुभएको छ ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved