संसदीय समितिको ‘टीओआर’ टुंगो लगाउन शीर्ष नेतृत्वको बैठक बस्दै, कम्पनीको नाम तोक्न दुवै पक्ष सहमति नजिक

नेपालभ्युज

संसदीय समितिको ‘टीओआर’ टुंगो लगाउन शीर्ष नेतृत्वको बैठक बस्दै, कम्पनीको नाम तोक्न दुवै पक्ष सहमति नजिक

काठमाडौं । संसदीय समितिको कार्यादेश ‘टीओआर’ टुंगो लगाउन प्रमुख राजनीतिक दलका शीर्ष नेताहरू आज छलफलमा जुट्ने भएका छन् ।

सहकारीको बचत अपचलन प्रकरण छानबिनका लागि गठन गरिने समितिको टीओआर बनाउने जिम्मा पाएको कार्यदल निष्कर्षमा पुग्न नसकेपछि शीर्ष नेताले टुंगो लगाउने भएका हुन् ।

शीर्ष नेतृत्वको बैठक बिहान ९ बजे बस्ने कार्यदलका सदस्य कांग्रेस सांसद जीवन परियारले बताए ।

यसअघि हिजो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कार्यदलका सदस्यसहित शीर्ष नेताबीच छलफल भएको थियो । बैठकमा कांग्रेसका सभापति शेरबहादुर देउवा अनुपस्थित भएपछि आज पुनः बैठक बसेर टुंगो लगाउने सहमति भएको छ ।

शीर्ष नेताबीच आज सहमति हुन नसके संसद् बैठक पनि प्रभावित हुने देखिएको छ । कांग्रेसले छानबिन समितिमा गृहमन्त्री रवि लामिछानेको नाम किटान गरेरै कार्यादेश बनाउनु पर्ने माग गर्दै संसद बैठक लगातार अवरोध गर्दै आएको छ ।

सरकारको नीति तथा कार्यक्रममाथिको छलफल सकेर आजै पारित गर्ने कार्यसूची रहेकाले पनि सत्ता पक्षले आज सहमतिका लागि अधिकतम प्रयास गर्ने मनस्थिती बनाएको छ । संसदको अवरोध हटाउन सत्ता पक्षले सहकारीको रकम अपचलन गर्ने कम्पनीको नाम तोकेर कार्यादेश बनाउन तयार भएको छ ।

कम्पनीको छानबिन गर्दै जाँदा अपचलन गर्नेहरुको नाम स्वतः आउने भएकाले कम्पनीको नाम तोकेर जान प्रतिपक्षी कांग्रेस तयार भएको हो ।

कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने सहकारीको बचत अपचलनमा संलग्न रहेको भन्दै छानविनका लागि दबाब दिदै आएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved