सहकारी ठगीविरुद्ध कांग्रेसले आज काठमाडौंमा विरोध प्रदर्शन गर्दै

नेपालभ्युज

सहकारी ठगीविरुद्ध कांग्रेसले आज काठमाडौंमा विरोध प्रदर्शन गर्दै

काठमाडौं । सहमतिका लागि निरन्तर संवादमा रहेको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आज सहकारी ठगीविरुद्ध सडक प्रदर्शन गर्दै छ ।

गत बुधबार बसेको केन्द्रीय कार्यसमितिको बैठकको निर्णय अनुसार कांग्रेसले काठमाडौं उपत्यकाका तीन जिल्लाका १५ वटा निर्वाचन क्षेत्रबाट प्रदर्शन गर्न लागेको हो । प्रदर्शनका लागि लागि कांग्रेसले उपत्यकाका १५ वटै निर्वाचन क्षेत्रमा केन्द्रीय प्रतिनिधि खटाइसकेको छ ।

विभिन्न क्षेत्रबाट आएका प्रदर्शनकारी दिउँसो १ बजे भृकुटीमण्डपमा आइपुग्ने कांग्रेसले जनाएको छ । लार्खौ कार्यकर्ता सडकमा उतार्ने जनाएको कांग्रेसले प्रदर्शनीमार्गमा दिउँसो १ बजे आमसभा गर्ने जनाएको छ ।

सहकारीको बचत अपचलन तथा ठगीविरुद्ध कांग्रेस सडकमा आउन लागेको हो ।

कांग्रेसले सहकारी बचतकर्ताको रकम फिर्ता दिनुपर्ने, गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन हुनुपर्नेसहितका माग राखेर आन्दोलन सुरु गरेको नेता नैनसिंह महरले जानकारी दिए । विभिन्न सहकारीबाट झन्डै पाँच खर्ब रुपैयाँ अपचलन भएको कांग्रेसको ठहर छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved