आईपीएल : कोलकतामाथि राजस्थानको शानदार जित

नेपालभ्युज

आईपीएल : कोलकतामाथि राजस्थानको शानदार  जित

 एजेन्सी।  इन्डियन प्रिमियर लिrग आईपीएल क्रिकेटमा राजस्थान रोयल्सले कोलकता नाइट राइडर्समाथि शानदार जित निकालेको छ । यशस्वी जैसवालको विष्फोटक ब्याटिङ मद्दतमा राजस्थानले कोलकतालाई ९ विकेटले हराएको हो ।

कोलकाताले दिएको १ सय ५० रनको लक्ष्य राजस्थानले १४ औं ओभरमा नै पूरा गर्‍यो । जैशवाल जैशवाल ४७ मा ९८ रनमा नटआउट रहे । जैशवालले १३ बलमै अर्धशतक पूरा गरे । यो अर्धशतक नै आईपीएलको सबैभन्दा छिटो अर्धशतक हो। जश बटलर दोस्रो ओभरमा रनआउट भएपनि कप्तान सन्जु स्यामसनले २९ बलमा ४८ रनको योगदान दिए ।

त्यसअघि टस हारेपछि ब्याटिङको निम्तो पाएको कोलकाताले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४९ रन बनाएको थियो । वेंकटेश ऐरले सर्वाधिक ५७ रन जोड्नुबाहेक अन्य ब्याटरले उल्लेख्य योगदान दिन सकेनन् । राजस्थानका स्पिनर युजवेन्द्र चहलले ४ ओभरमा २५ रन खर्चेर ४ विकेट लिए ।

राजस्थान १२ खेलमा १२ अंकका साथ तेस्रो स्थानमा उक्लिएको छ । सातौं स्थानमा रहेको कोलकाताको १२ खेलमा १२ अंक छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved