कांग्रेस पदाधिकारी बैठकमा खाण निलम्बनको कुरा उठ्यो, निर्णय भएन

नेपालभ्युज

कांग्रेस पदाधिकारी बैठकमा खाण निलम्बनको कुरा उठ्यो, निर्णय भएन

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरणमा हिरासतमा रहेका नेता बालकृष्ण खाणलाई निलम्बन गर्नुपर्ने विषयमा छलफल भयो ।

बिहिबार बसेको उक्त बैठकमा सो सम्बन्धमा कुरा उठेपनि निलम्बनबारे कुनै  निर्णय भएन । बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै कांग्रेस सहमहामन्त्री जीवन परियारले निलम्बन गर्नुपर्ने कुरा बैठकमा उठेको तर निश्कर्षमा नपुगेको जानकारी दिए ।

उनले भने, ‘केही कुरा उठेको छ, तर कुनै पनि कुरामा निश्कर्षमा पुगेका छैनौं ।’ खाणले प्रहरीको अनुसन्धानलाई सहयोग गरेको बताउँदै अदालतबाट दोषी ठहर नभइसकेकाले पार्टीले आधिकारिक धारणा बनाएर जानु उचित नहुने उनले बताए  ।

अनुसन्धानलाई पार्टीले सघाउनुपर्नेमा सबै सहमत रहेको परियारले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved