झापामा प्रहरीले गोली चलायो, २ जना घाइते

नेपालभ्युज

झापामा प्रहरीले गोली चलायो,  २ जना घाइते

काठमाडौं । कोसी नाम खारेजीको माग गर्दै आन्दोलनरत पहिचान पक्षधर र प्रहरीबीच झापाको दमकमा झडपका क्रममा गोली चलेको छ ।

प्रहरीका अनुसार  कोशी प्रदेश नामकरणको विरोधमा निकालिएको राँके जुलुसका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएपछि प्रहरीले गोली चलाएको हो ।

पहिचान पक्षधर विभिन्न संघसंस्थाले  मंगलबार साँझ झापाको दमकमा राँके जुलुसहित प्रदर्शन गरेका थिए ।

सो प्रदर्शनका क्रममा भएको झडपमा प्रहरीतर्फ ५ जना र प्रदर्शनकारीतर्फ २ जना घाइते भएको प्रहरीले जनाएको छ । प्रदर्शनकारीले बालेको राँकोले प्रहरीमाथि आक्रमण गरेपछि प्रहरीले गोली चलाएको बताइएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved