आईपीएल : अन्तिम बलमा कोलकाताले पञ्जावलाई हरायो

नेपालभ्युज

आईपीएल : अन्तिम बलमा कोलकाताले पञ्जावलाई हरायो

एजेन्सी। इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गएरातिको खेल पनि रोचक बनेको छ । आईपीएलको यो सिजनका धेरैजसो खेल नाटकीय र रोचक बनिरहेको बेला सोमबार रातिको खेलमा पनि अन्तिम बलमा नतिजा निस्कियो ।

गएरातिको खेलमा  कोलकाता नाइट राइडर्सले पञ्जाब किङ्ग्सलाई ५ विकेटले हराएको छ । जितका लागि १ सय ८० रनको लक्ष्य पछ्याएको कोलकाताले अन्तिम बलमा ५ विकेट गुमाएर भेट्टायो ।

उसका नितिश राणाले सर्वाधिक ५१ रन बनाए । आन्द्रे रसेलले ४२ तथा जेसन रोयले ३८ रन जोडे । पञ्जाबका राहुल चहरले २ विकेट लिए ।

घरेलु मैदान इडेन गार्डेनमा टस जितेर पहिला ब्याटिङ गरेको पञ्जाबले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७९ रन बनाएको थियो ।

पञ्जाबका कप्तान शिखर धवनले सर्वाधिक ५७ रन बनाए । कोलकाताका वरुण चक्रवतीले ३ तथा हर्षित राणाले २ विकेट लिए । जितसँगै कोलकाता ११ खेलमा १० अङ्कका साथ तालिकाको पाँचौँ स्थानमा पुगेको छ । समान खेलमा १० अङ्क नै रहेको पञ्जाब सातौँ स्थानमा छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved