संवैधानिक परिषद बैठक : प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की सिफारिस

नेपालभ्युज

संवैधानिक परिषद बैठक : प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की सिफारिस

काठमाडौं । संवैधानिक परिषदले प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीको नाम सिफारिस गरेको छ ।

सोमबार बसेको परिषद बैठकले कार्कीलाई प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको हो ।

कायममुकायम प्रधानन्यायाधीश कार्कीलाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने सर्वसम्मत निर्णय गरिएको परिषदका सदस्य रहेका राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए ।

परिषदले सिफारिस गरे पनि संसदीय सुनुवाई समिति भने अहिलेसम्म नबनेकाले कार्यभार सम्हाल्न ढिलाई हुने देखिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved