गर्भावस्थामा खुट्टा सुन्निने समस्या कम गर्ने उपाय

नेपालभ्युज

गर्भावस्थामा खुट्टा सुन्निने समस्या कम गर्ने उपाय

एजेन्सी । केही महिलाहरुलाई गर्भावस्थाको बेला खुट्टा दुख्ने र सुन्निने समस्या देखिने गर्दछ । त्यसैले गर्भावस्थाको बेला यस्तो दुखाई तथा सुन्निने समस्याबाट छुट्कारा पाउनका लागि विभिन्न टिप्सहरु अपनाउन सकिन्छ ।
मनतातो पानी
गर्भावस्थामा खुट्टा सुन्निएको कम गर्नका लागि मनतातो पानीको प्रयोग गर्न सकिन्छ । मनतातो पानीमा नुन अथवा दुखाई कम गर्ने तेल राखेर केहीबेर भिजाउने गरेमा सुन्निएको वा दुखेको समस्याबाट छुट्कारा पाइन्छ ।
आराम गर्ने
गर्भावस्थाको बेला खुट्टा सुन्निन नदिनका लागि आरामको आवश्यकता पर्दछ । त्यसैले जुनबेला पनि आराम गर्दा सधैं तकिया माथि खुट्टाहरु राख्ने गर्नुपर्दछ ।
चिसो पानीको प्रयोग
चिसो पानीको सहयोगले पनि खुट्टा सुन्निएको कम गर्न सकिन्छ । त्यसैले खुट्टाको दुखाई र सुन्निने समस्याबाट छुट्कारा पाउनका लागि चिसो पानी वा बरफले सेक्ने गरेमा निको हुन्छ ।
मालिस गर्ने
गर्भावस्थाको बेला खुट्टा सुन्निएको बेला मालिस गरेर पनि आराम पाउन सकिन्छ । त्यसका लागि आफूलाई मन पर्ने तेल वा दुखाई कम गर्ने तेलले मालिस गरेर खुट्टाको दुखाई कम गर्न सकिन्छ ।
नुनको सेवन कम गर्ने
गर्भावस्थामा धेरै नुनको सेवन गर्नाले पनि खुट्टाहरु सुन्निने समस्या देखिन्छ । त्यसैले यस्तो बेला खानापानमा नुनको मात्रा कम गर्नु पर्दछ ।
बेसार
एन्टीइन्फ्लामेटरी तथा एन्टीसेप्टिक गुणहरुले भरिपूर्ण बेसारले खुट्टा सुन्निएको कम गर्न सक्छ । त्यसैले बेसारको लेदो बनाएर लगाउन पनि सकिन्छ जसले गर्दा सुन्निएको तथा दुखेको कम हुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved