आईपीएल : दिल्लीले बेंग्लोरलाई ७ विकेटले हरायो

नेपालभ्युज

आईपीएल : दिल्लीले बेंग्लोरलाई ७ विकेटले हरायो

एजेन्सी।  इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बेंगलोरलाई ७ विकेटले हराएको छ ।

१ सय ८२ रनको लक्ष्य पछ्याएको दिल्लीले १६.४ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । दिल्लीको जितमा फिलिप साल्टले ४५ बलमा ८ चौका र ६ छक्कासहित सर्वाधिक ८७ रन बनाए ।

राइली रोसोउ २२ बलमा १ चौका र ३ छक्कासहित ३५ रनमा नटआउट रहे । ओपनर डेविड वार्नरले २२ र मिचेल मार्शले २६ रन बनाए । बेंगलोरका जोश हेजलवुड, कर्ण शर्मा र हर्षल पटेलले समान एक विकेट लिए ।

त्यसअघि अरुण जेट्ली स्टेडियम दिल्लीमा टस जितेर पहिला ब्याटिङ रोजेको बेंगलोरले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ८१ रन बनाएको थियो ।

बेंगलोरका युवा खेलाडी महिपाल लोमरोर ५४ रनमा अविजित रहे । बेंगलोरलाई फाप डु प्लेसिसले ४५ र विराट कोहलीले ५५ रन बनाए । दिल्लीका मिचेल मार्शले २ विकेट लिए ।

दिल्ली १० खेलमा ४ मा जित र ६ मा हारसहित ८ अंकका साथ नवौं स्थानमा छ । बेंगलोर १० खेलमा ५ मा जित र ५ मा हारसहित १० अंकका साथ पाँचौं स्थानमा छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved