सञ्चारमाध्यमबाट आफ्नो चरित्रहत्या भएको भन्दै बालकृष्ण खाणको आपत्ति

नेपालभ्युज

सञ्चारमाध्यमबाट आफ्नो चरित्रहत्या भएको भन्दै बालकृष्ण खाणको आपत्ति

काठमाडाैं। पूर्वगृहमन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता बालकृष्ण खाणले सञ्चारमाध्यमबाट आफ्नो चरित्रहत्या भएको भन्दै आपत्ति जनाएका छन् ।

उनले शनिबार एक ‘ध्यानाकर्षण’ विज्ञप्ति सार्वजनिक गर्दै आफ्नो सञ्चारमाध्यमहरूले आफ्नो चरित्रहत्या गरेको उल्लेख गरेका हुन् ।

शनिवार ‘विभिन्न सञ्चारमाध्यममा मेरो बारे प्रकाशित समाचारप्रति मेरो ध्यानाकर्षण भएको’ ब्यहोराको विज्ञप्ति जारी गर्दै खाणले भनेका छन्–‘आधारहीन, तथ्यहीन र संलग्न हुँदै नभएका घटनामा संलग्न भयो भन्दै र जाँदै नगएका स्थानमा भ्रमणमा गएको भन्ने समाचारले अन्योल उत्पन्न हुने र व्यक्तिगत चरित्रहत्या हुने हुँदा यस्ता समाचार सम्प्रेषित नगरी दिनुहुन अनुरोध छ ।’

नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री रहेका खाणको नामसमेत तानिएकोबारे विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशन भएको छ ।

सो प्रकरणमा आफ्नो नाम जोडिएपछि घुमाउरो ढङ्गले खाणले समाचारमा आएका कुराहरूको अस्वीकार गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved