काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रका तत्कालिन कार्यकारी निर्देशक विकल पौडेलविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको आरोपमा आयोगले पौडेलविरूद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
अदालतमा दायर गरेको आरोपपत्रमा आयोगले सिंगापुर र अमेरिकामा समेत रकम लुकाएको देखिएको भन्दै पौडेलमाथि ६२ करोड रूपैयाँ गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोग लगाएको छ ।
उनी यसअघि सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा दोषी ठहर भएका थिए ।
जेठ ८ गते विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले पौडेललाई २ वर्ष कैद र २५ करोड ४७ लाख विगो असुल गर्नुपर्ने फैसला सुनाएको थियो ।
पौडेलविरूद्ध अन्य दुई मुद्दा पनि विशेष अदालतमा विचाराधीन छन् ।
झुटा विवरण पेश गरी सरकारी पदमा पुगेको र सुरक्षण मुद्रण केन्द्रमा अनावश्यक सामान खरिद गरेको आरोपमा दायर गरेको मुद्दा विचाराधीन छन् ।
Facebook Comment
Comment