अमेरिकाको पीआर लिएर नेपालमा सरकारी नियुक्ति, पौडेलविरुद्ध अख्तियारले हाल्यो अर्को मुद्दा

पौडेल २ कार्यकाल केन्द्रको कार्यकारी निर्देशक र एकपटक राष्ट्रिय सूचना प्रविधिक केन्द्रको कार्यकारी निर्देशक बनेका थिए । सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक रहेकै बखत अख्तियारले २०८० वैशाख ३ मा सेक्युरिटी प्रिन्टिङको उपकरण खरिदमा भ्रष्टाचार अभियोगमा अख्तियारले मुद्दा दायर गरेको थियो । 

नेपालभ्युज

अमेरिकाको पीआर लिएर नेपालमा सरकारी नियुक्ति, पौडेलविरुद्ध अख्तियारले हाल्यो अर्को मुद्दा

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अमेरिकाको स्थायी आवासीय अनुमतिपत्र (पीआर) लिएपछि पनि नेपालमा सरकारी नियुक्ति लिएको अभियोगमा अख्तियारले पौडेलविरुद्ध मुद्दा हालेको हो । उनीविरुद्ध अनियमितताको यो दोस्रो मुद्दा हो ।

विदेशी अवासीय अनुमति पत्रधारीले नेपालको कुनै पनि सार्वजनिक पदमा रहन नपाउने कानुनी व्यवस्था छ । त्यसविपरीत पौडेल केन्द्रको कार्यकारी निर्देशक बनेका थिए ।

पौडेल २ कार्यकाल केन्द्रको कार्यकारी निर्देशक र एकपटक राष्ट्रिय सूचना प्रविधिक केन्द्रको कार्यकारी निर्देशक बनेका थिए ।

सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक रहेकै बखत अख्तियारले २०८० वैशाख ३ मा सेक्युरिटी प्रिन्टिङको उपकरण खरिदमा भ्रष्टाचार अभियोगमा अख्तियारले मुद्दा दायर गरेको थियो ।

अघिल्लो मुद्दा विचारधीन रहेकै बेला गत माघ १० गते उनी र नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेललाई ख्तियारले नियन्त्रणमा लिएको थियो । दुवैजना अहिले अख्तियारको हिरासतमा छन् ।

अनुसन्धानका क्रममा विकलले अमेरिकाको स्थायी आवासीय अनुमति पत्र लिएको पाइएपछि अर्को मुद्दा पनि दायर गरिएको अख्तियारले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved