बुटवलबाट पक्राउ परे टोपबहादुर रायमाझीका छोरा सन्दीप

नेपालभ्युज

बुटवलबाट पक्राउ परे टोपबहादुर रायमाझीका छोरा सन्दीप

काठमाडौं । पूर्वमन्त्री तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी बुटवलबाट पक्राउ परेका छन् ।

नक्कली शरणार्थी प्रकरणमा जोडिएका उनलाई  बुधबार साँझ  प्रहरीले पक्राउ गरेको स्रोतले जानकारी दिएको छ ।

पूर्वमन्त्री रायमाझी र उनका छोरा सन्दीपविरुद्ध बुधबार नै पक्राउ पुर्जी जारी भएको थियो ।

सन्दीपले एक करोडको चेक लिएको पाइएको स्रोतले जनाएको छ। प्रहरी स्रोतका अनुसार उनलाई काठमाडौं ल्याइँदैछ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved