प्रेस स्वतन्त्रता दिवसको अवसरमा महासंघको र्‍याली (तश्वीरहरु)

नेपालभ्युज

प्रेस स्वतन्त्रता दिवसको अवसरमा महासंघको र्‍याली (तश्वीरहरु)

काठमाडौं। नेपालसहित विश्वभर आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै छ ।

युनेस्कोको आयोजनामा अफ्रिकी राष्ट्र नामिबियाको विन्डहक शहरमा भएको पत्रकारहरूको सम्मेलनले ‘बहुलवादी र स्वतन्त्र प्रेसको लागि विण्डहक घोषणापत्र’ जारी गरेको थियो ।

त्यसैको सम्झनामा सन् १९९३ देखि संयुक्त राष्ट्रसङ्घले यो दिवस मनाउने निर्णय गरेको हो । राष्ट्रसङ्घको यो निर्णयसँगै आजको दिनलाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरले महत्वपूर्ण दिनका रूपमा लिन्छन् ।

दिवसका अवसरमा नेपाल पत्रकार महासंघले प्रभावफेरी आयोजना गरेको छ । सिनामंगलबाट सुरु भएको र्‍याली महासंघको केन्द्रीय कार्यालय सञ्चारग्राममा पुगेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved