गुर्जोले गर्छ बाथको दुखाई कम

नेपालभ्युज

गुर्जोले गर्छ बाथको दुखाई कम

एजेन्सी । गुर्जो हड्डीहरुमा हुने समस्याका लागि रामवाण सावित हुन सक्छ । यसमा एन्टीअर्थराइटिक गुण हुन्छ, जो अर्थराइटिस (बाथ) को दुखाईलाई कम गर्ने गर्दछ । आउनुहोस् बाथको दुखाई बाट हुने समस्याबाट छुट्कारा पाउनका लागि गुर्जोलाई कसरी प्रयोग गर्ने भनेर यहाँ जानौं ।

पहिला जानौं यसका फाइदाहरुका बारेमा । गुर्जोमा एन्टीअक्सीडेन्ट, एन्टीइन्फ्लेमेटरी गुण, जिंक, क्याल्सियम तथा आइरन जस्ता पोषक तत्वहरु प्राप्त हुन्छ । बाथ तथा गठियाबाट हुने दुखाईलाई कम गर्नका लागि यसको पानी बनाएर पिउन सकिन्छ । यसका लागि गुर्जोको लरालाई पानीमा उमाल्ने र उक्त पानीलाई छानेर पिउन सकिन्छ । यदी यसको स्वाद मन नपरेको खण्डमा मह मिसाएर पिउन पनि सकिन्छ ।

त्यस्तै गुर्जोको जुस बनाएर सेवन गर्दा पनि फाइदा हुन्छ । यसले विभिन्न शरीरको दुखाईलाई कम गर्न मद्दत गर्छ । यसका लागि तपाईं बिहान खाली पेटमा यसको जुस पिउन सक्नुहुन्छ । यसको सेवन एकदम सीमित मात्रामा गर्नुपर्दछ ।
त्यस्तै यसको पाउडर पनि बनाउन सकिन्छ । जसलाई मनतातो वा चिसो पानीसँग सेवन गर्न सकिन्छ । साथै यसलाई चिया जसरी पकाएर पिउँदा पनि स्वास्थ्यका लागि फाइदाजनक हुन्छ ।

गुर्जोको लरा वा जरा सँगै यसको पातहरु पनि फाइदाजनक हुन्छ । पातहरुको सेवन गर्नका लागि तपाईं पातलाई पानीमा उमालेर उक्त पानीको सेवन गर्न सक्नुहुन्छ । यसरी गुर्जोको प्रयोगले तपाईं आफ्नाो शरीरमा बाथले हुने दुखाईलाई कम गर्न सक्नुहुन्छ ।

यसले रक्तचाप कम गर्ने भएकाले यसको सीमित मात्रामा सेवन गर्नुपर्दछ । वा यदी तपाईंलाई पहिले नै अन्य केही समस्याहरु पनि छन् भने डाक्टरको सल्लाह अनुसार नै यसको सेवन गर्न सक्नुहुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved