इन्द्रजितका छोरा निरजलाई पनि पक्राउ पुर्जी जारी

नेपालभ्युज

इन्द्रजितका छोरा निरजलाई पनि पक्राउ पुर्जी जारी

काठमाडौं। नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै मानव तस्करी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्रीका सुरक्षा सल्लाहकार इन्द्रजित राईका छोरालाई समेत प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ।

पूर्वगृहमन्त्री एवं एमाले उपाध्यक्ष रामबहादुर थापा बादलका सुरक्षा सललाहकार रहेका राईलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने गिरोहसँग संलग्नता पाइएको भन्दै मंगलबार पक्राउ गरिएको थियो।

इन्द्रजित राई पक्राउ परेसँगै उनका छोरा निरज राईविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको हो। हाल देशबाहिर रहेका निरज फरार छन् । इन्द्रजितलाई मंगलबार बिहान प्रहरीले ललितपुरबाट पक्राउ गरेको थियो।

द्वन्द्व विशेषज्ञ भनेर चिनिएका इन्द्रजित राईलाई तत्कालीन गृहमन्त्री बादलका सुरक्षा सल्लाहकार रहेको बेला झण्डै ५ करोड रुपैयाँ असुली गरेको आरोप प्रहरीले लगाएको छ। उनले गृह सचिव लगायतलाई मिलाउनुपर्छ भन्दै नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने गिरोहसँग पटक-पटक गरी ५ करोड लिएको भनिएको छ।

उनका विरुद्ध उपत्यका अपराध अनुसन्धान कार्यालयमा उजुरी परेपछि प्रहरीले गरेको अनुसन्धानबाट गिरोहका नाइके केशव दुलाल, सानु भण्डारी र टेक गुरुङलाई २०७९ चौत १२ गते नै प्रहरीले पक्राउ गरेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved