‘ए’ डिभिज लिग : चर्च ब्वाईजले मनाङ मर्स्याङ्दीलाई हरायो

नेपालभ्युज

‘ए’ डिभिज लिग : चर्च ब्वाईजले  मनाङ मर्स्याङ्दीलाई हरायो

काठमाडौं। शहीद स्मारक ‘ए’ डिभिज लिगमा चर्च ब्वाईजले मनाङ मर्स्याङ्दीलाई पराजित गरेको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार भएको खेलमा चर्च ब्वाईजले मनाङलाई ३–० गोलअन्तरले पराजित गरेको हो।

चर्च ब्वाईजको लागि अनन्त तामाङ, मौषम सुब्बा र साइमन लिम्बुले गोल गरे। खेलको ४१ औँ मिनेटमा अन्नतले हेडरमार्फत गोल गर्दै चर्च ब्वाइजलाई अग्रता दिलाए । ५५ औँ मिनेटमा मौषमले चर्चको लागि दोस्रो गोेल गरे। साइमनले भने चर्चको लागि तेस्रो गोल गरे।

यस्तै, त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको हिमालयन शेर्पा क्लब र त्रिभुवन आर्मी क्लबबीचको खेल भने १–१ गोलको बराबरीमा सकियो। त्रिभुवन आर्मीको लागि नवयुग श्रेष्ठले गोल गरे भने हिमालयन शेर्पाको लागि विश्वास श्रेष्ठले गोल फर्काए।

खेलको पहिलो मिनेटमा नवयुगको गोलले आर्मीले अग्रता लियो। ५५ औँ मिनेटमा भने हिमालयनको लागि विश्वास श्रेष्ठको गोलले खेल १–१ को बराबरीमा पुग्यो।

एन्फा कम्प्लेक्समा नै जावलाखेल युथ क्लब र संकटा क्लबबीचको खेल पनि १–१ गोलको बराबरीमा सकियो। जावलाखेलको लागि फोडे फोफाना र संकटाको लागि निशान खड्काले गोल गरे।

खेलको ३३ औँ मिनेटमा फोफानाले गोल गर्दै जावलाखेललाई अग्रता दिलाए। ७३ औँ मिनेटमा संकटाको लागि निशानले गोल गर्दै खेललाई १–१ को बराबरीमा पुर्‍याए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved