आईपीएल : गएरातीका खेलमा हैदरावाद र गुजरात विजयी

नेपालभ्युज

आईपीएल : गएरातीका खेलमा हैदरावाद र गुजरात विजयी

एजेन्सी। इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा गएराती गुजरात टाइटन्स र सनराइजर्स हैदरावाद विजयी भएका छन् ।

पहिलो खेलमा गुजरात टाइटन्सले कोलकत्ता नाइट राइडर्सलाई ७ विकेटले हराएको छ । कोलकत्ताले दिएको १ सय ८० रनको लक्ष्य गुजरातले १३ बल अघि नै जम्मा ३ विकेट गुमाएर भेटायो । गुजरातको लागि विजय शंकरले ५१,शुभमन गिलले ४९ र डेविड मिलरले ३२ रन बनाए ।

यसअघि पहिले ब्याटिङ गरेको कोलकत्ताका रहमानुल्लाह गुरबाजले ८१ रन बनाएका थिए । गुजरात ८ खेलमा १२ अंकसहित शीर्ष स्थानमा छ भने ९ खेलमा ६ अंक जोडेको कोलकत्ता सातौँ स्थानमा छ ।

गएराती नै भएको अर्को खेलमा सनराइजर्स हैदरावादले दिल्ली क्यापिटल्सलाई ९ रनले हराएको छ ।

हैदरावादले दिएको १ सय ९८ रनको लक्ष्य पछ्याएको दिल्लीले ६ विकेट गुमाएर १ सय ८८ रन मात्रै बनायो । उसका लागि मिचेल मार्सले ६३ र फिल साल्टले ५९ रन बनाए ।

यसअघि पहिले ब्याटिङ गरेको हैदरावादका अभिषेक शर्माले ६७ र हेनरिक क्लासेनले ५९ रन बनाए । जितपछि हैदरावाद आठौँ स्थानमा छ भने दिल्ली पुछारमा रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved