तनहुँ १ : स्वर्णिम निर्वाचित हुने निश्चित

नेकपा (एमाले) सर्वेन्द्र खनाल भने ७ हजार ३७९ मतमै सीमित छन् । 

नेपालभ्युज

तनहुँ १ : स्वर्णिम निर्वाचित हुने निश्चित

काठमाडौं । तनहुँ १ मा राष्टिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. स्वर्णिम वाग्लेको जित सुनिश्चित भएको छ ।

तनहुँ १ मा ६३ हजार ७५७ मत खसेको थियो । अहिलेसम्म ५३ हजार १२८ मत गणना भएको छ । जसमा स्वर्णिमले २७ हजार ९८८ मत पाएका छन् ।

गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका नेता गोविन्द भट्टराईले १५ हजार ९७९ मत प्राप्त गरेका छन् । स्वर्णिम र गोविन्दबीचको मतान्तर १२ हजार ३ छ । तर, गन्न बाँकी मत १० हजार ६२९ मात्र छ । यससँगै स्वर्णिमको जित निश्चित बनेको हो ।

नेकपा (एमाले) सर्वेन्द्र खनाल भने ७ हजार ३७९ मतमै सीमित छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved