‘गृहमन्त्रीले केही ठाउँमा बोल्नुभएको थियो- एक दिनका लागि भए पनि सिरोहियालाई थुन्छु’

‘मैले थाहा पाए अनुसार गृहमन्त्रीले केही ठाउँमा बोल्नुभएको थियो, म एकदिनका लागि भए पनि कैलाश सिरोहियालाई थुन्छु, थुन्छु । त्यसपछि जे हुन्छ, हुन्छ’, उनले भनिन् ।

नेपालभ्युज

‘गृहमन्त्रीले केही ठाउँमा बोल्नुभएको थियो- एक दिनका लागि भए पनि सिरोहियालाई थुन्छु’

काठमाडौं । नेपाली कांग्रेसकी सांसद चन्दा चौधरीले गृहमन्त्री रवि लामिछानेले एक दिनका लागि भए पनि कैलाश सिरोहियालाई थुन्छु भनेर बोलेको आफूलाई थाहा पाएको बताएकी छिन् ।

‘मैले थाहा पाए अनुसार गृहमन्त्रीले केही ठाउँमा बोल्नुभएको थियो, म एकदिनका लागि भए पनि कैलाश सिरोहियालाई थुन्छु, थुन्छु । त्यसपछि जे हुन्छ, हुन्छ’, उनले भनिन् ।

कान्तिपुर मिडिया ग्रुपमा अध्यक्ष कैलाश सिरोहियालाई नागरिकता विवादमा मंगलबार प्रहरीले कार्यकक्षबाटै पक्राउ गरेको थियो । यस घटनामा उपप्रधान तथा गृहमन्त्री लामिछानेको प्रतिशोध रहेको भनेर आलोचना भइरहेको छ ।

चौधरीले पनि सिरोहिया पक्राउ परेको घटनालाई निन्दनीय र प्रतिशोधपूर्ण भएको बताएकी छिन् । बुधबार केन्द्रीय कार्यसमिति बैठक र संसदीय दलको संयुक्त बैठक चलिरहँदा पत्रकारहरूसँग कुरा गर्दै उनले भनिन्, ‘नागरिकताको विषयमा गल्तीभन्दा पनि प्रतिशोध धेरै देखियो ।’

‘कान्तिपुरका अध्यक्ष कैशाल सिरोहियालाई नागरिकताको विषयमा अपराध नै गरे जस्तो गरेर गिरफ्तार गरियो । कान्तिपुरको अफिस नै घेराउ गरियो । त्यो एकदमै निन्दनीय हो’, उनले भनिन् ।

चौधरीले सिरोहियाको नागरिकतामा भएको भनिएको गल्ती कर्मचारीको पनि हुनसक्ने बताइन् । भनिन्, ‘टाइप मिस्टेक पनि हुन सक्छ ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved