कांग्रेसले शुक्रबार काठमाडौं केन्द्रित विरोध प्रदर्शन गर्ने

नेपालभ्युज

कांग्रेसले शुक्रबार काठमाडौं केन्द्रित विरोध प्रदर्शन गर्ने

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले शुक्रवार काठमाडौं केन्द्रित विरोध प्रदर्शन गर्ने भएको छ ।

बुधवार पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको पार्टीको केन्द्रिय समिति र संसदीय दलको बैठकले सो निर्णय गरेको कांग्रेस नेता नैनसिंह महरले बताए ।

शुक्रबार कांग्रेसको नेतृत्वमा काठमाडौं केन्द्रित संघर्ष गर्ने र सहकारीको विषयमा पीडित केन्द्रित आन्दोलन गर्ने निर्णय भएको बताए ।

उनले पार्टीलाई स्थानीय स्तरसम्म लैजान विभिन्न कार्यक्रमहरू गर्ने निर्णय भएको जानकारी दिए ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि कांग्रेसको नेतृत्व गर्नेहरूबाट पार्टीलाई ठिक ठाउँमा पुर्याउन नसकेको जिकिर गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved