सरकार निरंकुशतान्मुख भइरहेको छ : प्रकाशशरण महत

नेपालभ्युज

सरकार निरंकुशतान्मुख भइरहेको छ : प्रकाशशरण महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सरकारले सत्ताकाे दुरुपयाेग गरिरहेकाे बताएका छन् ।

सानेपा बैठकपछि  पत्रकारहरूसँग कुरा गर्दै प्रवक्ता महतले सरकार निरंकुशतान्मुख भइरहेकोप्रति कांग्रेसको  गम्भीर ध्यानाकर्षण भएको बताएका हुन् ।

उनले आफूहरू सदनसँगै सडक संघर्षमा ओर्लेने निर्णय गरेकाे पनि जानकारी दिए । उनले सहकारीमा अर्बौं रकम दुरुपयोग भएको विषयमा छानबिनका लागि सरकार तयार नभएपछि आफूहरुले सडक प्रदर्शनमा आउने निर्णय गरेको बताए । उनले सडक प्रदर्शनको तयारी जिल्ला जिल्लामा हुने बताए ।

उनले संसदीय छानबिन समिति गठन गरी सहकारीको रकम अपचलन बारे निरुपण हुनुपर्ने कांग्रेसकाे माग रहेकाे समेत बताए ।

उनले भने, ‘सत्ता दुरुपयोगलाई लिएर संसदमा कुरा उठाइरहेका छौँ । संसदीय मर्यादाको खिलाफमा सरकार प्रस्तुत भएको छ । सभामुखले संसदको गरिमा पालना गर्न सक्नुभएको छैन । सरकार निरंकुशतान्मुख भइरहेको छ यसप्रति गम्भीर ध्यानाकर्षण भएको । ‘

कुराकानीका क्रममा प्रवक्ता महतले  कान्तिपुरका अध्यक्ष कैलाश सिराेहियाकाे पक्राउ प्रतिशोधको भावनाले भएको भन्दै सरकारको यस कदम  घोर निन्दनीय रहेकाे बताए ।  मिडियालाई विस्तारै नियन्त्रणमा लिने र त्रासमा राख्ने काम भइरहेको उनको भनाई थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved