कोशी : कार्कीको नियुक्ति र विश्वासको मतसम्बन्धी फाइल झिकाउन सर्वोच्चको आदेश

नेपालभ्युज

कोशी : कार्कीको नियुक्ति र विश्वासको मतसम्बन्धी फाइल झिकाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले कोशीका निवर्तमान मुख्यमन्त्री केदार कार्कीको नियुक्ति र विश्वासको मत लिँदाको फाइल झिकाउन आदेश दिएको छ ।

न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र बालकृष्ण ढकालको संयुक्त इजालसले बुधबार यस्तो आदेश दिएको हो ।

आदेशमा असोज २५ गते ४७ जना सांसदहरूको समर्थनपश्चात नियुक्तिसम्बन्धी फाइल र नियुक्तिपश्चात कात्तिक १ गते ८६ जना सांसदबाट प्राप्त विश्वासको मतसम्बन्धी फाइल मगाइएकोछ ।

आफूलाई हटाएर प्रदेश प्रमुख प्रर्शुराम खापुङले नेकपा एमालेका हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेपछि कार्कीले मुद्दा दायर गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved