संसदीय समितिको ‘टीओआर’ तय गर्न कार्यदलको बैठक बस्दै

नेपालभ्युज

संसदीय समितिको ‘टीओआर’ तय गर्न कार्यदलको बैठक बस्दै

काठमाडौं । सहकारी ठगी छानबिन गर्ने संसदीय समितिको कार्यादेश टीओआर तय गर्न गठित कार्यदलको बैठक आज बोलाइएको छ ।

बैठक दिउँसो ३ बजे कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बस्ने कार्यदल सदस्य जीवन परियारले जानकारी दिए ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारीको बचत अपचलनमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने नै मुछिएकाले उनको नाम उल्लेख गरेरै क्षेत्राधिकार तय गर्नुपर्ने अडान लिदै आएको छ ।

कांग्रेसको यही अडानका कारण यसअघिका दुई वटा बैठक निष्कर्षविहीन बनेका छन् । संसद बैठक भोलिका लागि तय गरिएको छ ।

संसद बैठक बस्नु अगावै दलीय सहमति जुटाउन आज कार्यदलको बैठक बोलाइएको हो । कांग्रेसले यही मुद्दामा संसद बैठक अवरोध गर्दै आएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved