भीम रावलको प्रश्न : मन्त्री र अरूका लागि फरक-फरक कानुन छ ?

नेपालभ्युज

भीम रावलको प्रश्न : मन्त्री र अरूका लागि फरक-फरक कानुन छ ?

काठमाडौं । नेकपा एमालेका नेता डा. भीम रावल कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउको विरोध गरेका छन् ।

सिरोहिया पक्राउ परेको दोस्रो दिन रावलले आफ्नो धारणा सार्वजनिक गर्दै विरोध जनाएका हुन् ।

उनले दुई नागरिकता र राहदानी हुने उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि कारबाही नहुने तर, नागरिकतामा विवरण फरक परेकै आधारमा सिरोहियालाई पक्राउ गर्न कानुनी राज्यको उपहास भएको बताए ।

सामाजिक सञ्जालमार्फत् रावलले भनेका छन्, ‘गृहमन्त्री रवि लामिछानेसंग नेपालको कानुनविपरीत विदेशको समेत गरी दुई नागरिकता र राहदानी हुँदा केही कारबाही नगर्ने तर, कैलाश सिरोहियालाई दुई वटा नागरिकतामा ‘विवरण फरक परेको’ भनी कार्यकक्षबाट पक्रेर रातारात धनुषा लाने ! के मन्त्री र अरूका लागि फरक-फरक कानुन छ ? कानुनी राज्यको उपहास !’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved