गृहमन्त्रीलाई महान्यायाधिवक्ताले दिएको ‘क्लिन चिट’ विरुद्धको रिट दर्ता हुने

नेपालभ्युज

गृहमन्त्रीलाई महान्यायाधिवक्ताले दिएको ‘क्लिन चिट’ विरुद्धको रिट दर्ता हुने
फाइल तस्वीर

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई महान्यायाधिवक्ता दिनमणि पोखरेलले दिएको ‘क्लिन चिट’ विरुद्धको रिट दर्ता हुने भएको छ ।

न्यायाधीश टेकप्रसाद ढुंगानाको एकल इजलासले रिट दर्ता गर्न सर्वोच्च प्रशासनलाई आदेश दिएको हो । यसअघि अधिवक्ता अनुपम भट्टराईले पेश गरेको रिट सर्वोच्च प्रशासनले दरपीठ गरिदिएको थियो ।

सहकारीमा जम्मा गरिएको रकम हिनामिनामा संलग्न भएको भन्दै समाचारहरू सार्वजनिक भइरहेपछि गृहमन्त्री लामिछानेले महान्यायाधिवक्ताको कार्यालयले पत्र लेखेका थिए । त्यस आधारमा महान्यायाधिवक्ता कार्यालयले अनुसन्धान, अभियोजन र अनुसन्धान नभएको भन्दै क्लिन चिट दिइएको थियो ।

लामिछानेले भने त्यसैलाई आधार बनाउँदै आफ्नो बचाउ गर्दै आएका थिए । तर, महान्यायाधिवक्ता पोखरेलको भने आलोचन भएको थियो । अब यो प्रकरणको अदालती परीक्षण हुने भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved