खानेकुराले पनि हुन सक्छ पसिना दुर्गन्धित

नेपालभ्युज

खानेकुराले पनि हुन सक्छ पसिना दुर्गन्धित

एजेन्सी । गर्मी मौसममा पसिना अत्यधिक आउँछ र त्यसले शरीरमा दुर्गन्ध उत्पन्न गर्छ । यस्तोमा हामीले जे खाना खान्छौं त्यसले हाम्रो शरीरको सुगन्धलाई पनि प्रभावित पार्छ । केही खाद्य पदार्थहरु हाम्रो छालाका पोर्स तथा स्वासको माध्यमबाट बाहिर निस्कन्छन् जसले छुट्टै प्रकारको गन्ध बाहिर आउँछ ।

शरीरबाट निस्कने दुर्गन्धबाट छुट्कारा पाउनका लागि तपाईंले त्यस्तो केही खानेकुरा तथा पेय पदार्थहरुमा ध्यान दिनुपर्ने हुन्छ जसले शरीरमा गन्ध पैदा गर्छन् । आउनुहोस् जानौं ती खाद्य पदार्थका बारेमा जो गर्मीको मौसममा शरीरबाट पसिनाको गन्धको कारण बन्दछन् ।

लसुन र प्याज

लसुन र प्याज खाँदा प्राय हाम्रो मुखबाट दुर्गन्ध आउँछ । तर यो धेरै मात्रामा सेवन गर्दा स्वाससँगै शरीरबाट पनि दुर्गन्ध आउन सक्छ । लसुन र प्याजमा सल्फर नामक कम्पाउण्ड हुन्छ जो तपाईंको शरीरबाट छालामा र स्वासको माध्यमबाट बाहिर आउँछ । जसले गर्दा शरीरबाट तेजिलो गन्ध बाहिर आउँछ ।

माछा

माछा खाँदा स्वास्थ्यमा धेरै लाभहरु पाउन सकिन्छ । तर माछामा कोलिन, जो बि कम्प्लेक्स भिटामिनमा पाइन्छ, टुना र सेल्मन जस्ता माछाहरुमा पाइन्छ । त्यसैले यसको सेवनले पनि तपाईंको शरीरमा पसिनाको एक प्रकारको दुर्गन्ध आउँछ ।

जंक फूड

प्रसोधित खानेकुराहरु खानाले पनि शरीरमा नराम्रो गन्ध आउन सक्छ । यस्ता खाद्य पदार्थमा रिफाइन्ड चिनी एकदमै धेरै हुन्छ जो दुर्गन्धको कारण बन्न सक्छ ।

केही तरकारी

फूलगोभी, ब्रोकाउली जस्ता तरकारी पनि शरीरमा आउने दुर्गन्धको कारण बन्न सक्छन् । यी तरकारीमा सल्फरको मात्रा धेरै हुन्छ जो यस्तो कम्पाउन्ड हो त्यसको गन्ध कुहिएको अन्डा जस्तो हुन्छ । यदी तपाईं यी तरकारीको धेरै मात्रामा सेवन गर्नुहुन्छ भने शरीरबाट दुर्गन्ध आउन सक्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved