सुत्नुअघि यसरी गर्नुहोस् कपालको स्याहार

नेपालभ्युज

सुत्नुअघि यसरी गर्नुहोस् कपालको स्याहार

एजेन्सी । सुन्दर कपाल पाउनका लागि कपालको राम्रोसँग स्याहार गर्न पनि एकदमै आवश्यक हुन्छ । त्यसैले कपालको स्याहार सुत्ने समयमा पनि गर्नुपर्दछ । जसका लागि केही टिप्सहरु तपाईंले अपनाउन सक्नुहुन्छ ।
१. पहिलो कुरा कपाललाई रुखो हुनबाट बचाउनका लागि कपालमा सुत्नुअघि सिरम लगाउनु पर्दछ । यसले तपाईंको कपाललाई नरम बनाइराख्न मद्दत गर्छ ।
२. यदी तपाईंले सुत्नुअघि कपाल धुने गर्नुहुन्छ भने कपाललाई पूर्ण रुपमा सुकाएर मात्र सुत्नुहोस् ।
३. यदी तपाईं दिनभर कपाल बाँध्नुहुन्छ भने वा नबाँधे पनि सुत्नेबेला बाँधेको कपाल खोलेर सुत्ने गर्नु पर्दछ । कपाल कडा रुपमा बाँध्ने गर्दा टाउको तथा कपालको जरामा राम्रोसँग रगत सञ्चार हुन पाउँदैन जसले गर्दा कपाल टुक्रिने गर्दछ ।
४. रातमा सुत्नुअघि जहिले पनि कपाललाई राम्रोसँग कोर्ने गर्नुपर्दछ । नजेलिएको कपाल भयो भने टुक्रिने सम्भावना एकदमै कम हुन्छ ।
५. यदी तपाईं अर्को दिन बिहान कपाल धुँदै हुनुहुन्छ भने तेलले मसाज गरेर सुत्नुहोस् । यसले कपाल बलियो हुनुका साथै टाउकोमा पनि रक्तसंचार हुन्छ । जसले गर्दा राम्रो निद्रा आउनुका साथै तपाईंलाई आनन्द महसुस हुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved