चीनबाट प्रभावित नभई भुटानले आफ्नो स्पष्ट अडान राख्नुपर्नेमा भारतको जोड

नेपालभ्युज

चीनबाट प्रभावित नभई भुटानले आफ्नो स्पष्ट अडान राख्नुपर्नेमा भारतको जोड

थिम्पु। नयाँदिल्लीस्थित विदेश नीति ‘थिङ्क ट्याङ्क’ ले भुटानलाई डोक्लाममा आफ्नो अडान परिवर्तन गर्न चिनियाँ कम्युनिस्ट पार्टी (सिसिपी) ले अधिक दबाब दिएको प्रतिवेदन सार्वजनिक गरेको छ ।

त्रीसन्धिलगायत सम्झौताअन्तर्गत आफ्नो परराष्ट्र नीतिमा भारतसँग समन्वय र सहकार्य गर्न राजी भएको भुटानलाई आफ्नो अडान परिवर्तन गर्न सिसिपीले चर्को दबाब दिइरहेको दाबी गरेको छ ।

भुटानका प्रधानमन्त्री लाटे छिरिङले विवादमा भारत, चीन र भुटानको समान सरोकार रहेकाले त्रिपक्षीय छलफल हुनुपर्नेमा जोड दिएको भारतको प्रतिवेदनमा उल्लेख छ । डोक्लाम भारत, चीन र भुटानबीचको विवादित क्षेत्र हो ।

सन् २०१७ मा सिपिसीको नेतृतवमा चिनियाँ सेनाले डोक्लाममा अवस्थित सडकलाई दक्षिणतर्फ विस्तार गर्ने प्रयास गरेपछि भारत र चीनबीच विवाद बढेको हो । प्रतिवेदनअनुसार चीनले पूरै दोक्लाम क्षेत्रमाथि आफ्नो दाबी गर्दै आएको छ भने भारतले ऐतिहासिक सम्झौता र सन्धिको पालनामा जोड दिँदै आएको छ ।

“विवादित क्षेत्रमा पूर्वाधार निर्माणको प्रयास गरेर चीनले भुटानसँगको अनौपचारिक सम्बन्धमा कटुता थप्न चाहेको देखिन्छ तर भुटानले आफ्नो शान्तिवादी अडानमा परिवर्तन नगर्नु भुटानकै निम्ति लाभदायक हुनेछ,” यो भूराजनीतिक विषयमा चीनबाट प्रभावित नभई थिम्पुले आफ्नो स्पष्ट अडान राख्नुपर्ने प्रतिवेदनमा भनिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved