गर्मीमा सही परफ्यूम किन्नु अघि ध्यान दिनुपर्ने कुरा

नेपालभ्युज

गर्मीमा सही परफ्यूम किन्नु अघि ध्यान दिनुपर्ने कुरा

एजेन्सी । गर्मीको मौसममा शरीरमा मिठो वासना आउनु हरेकको इच्छा हुन्छ । गर्मीमा प्राय हाम्रो शरीरबाट निस्कने पसिनाले गन्ध उत्पन्न गराउँछ ।

जसले गर्दा मानिस हामीबाट दुरी बनाउने गर्दछन् । साथै पसिनाको गन्धका कारण मानिस आफै पनि चिडचिडा हुने तथा मुड नराम्रो हुने हुन्छ । त्यसैले सही तथा वासनादार परफ्यूम छान्नु एकदमै आवश्यक छ ।

गर्मीमा परफ्यूम किन्दा मानिस प्रायः त्यसको वासना ताजा, हल्का, तथा लामो समय टिक्ने खालको रोज्ने गर्छन् । गर्मीमा परफ्यूम आम रुपमा हल्का वासना, फूलहरुको वासना, तथा प्राकृतिक तत्वहरु भएको हुनु पर्दछ । जसले तपाईंमा ऊर्जा तथा ताजगी महसुस गराउन सकोस् । यस्तोमा परफ्यूम छान्नु एकदमै चुनौतीपूर्ण हुन्छ । त्यसैले तपाईं परफ्यूम किन्नु अघि यी कुराहरुलाई ध्यान दिनुहोस् ।

– साइट्रस र फ्लोरल परफ्यूम गर्मीका लागि एकदमै राम्रो मानिन्छ । यसले तपाईलाई ताजगी महसुस गराउँछ, साथै मुडलाई बुस्ट गर्ने काम गर्छ ।

– गर्मीमा परफ्यूम यस्तो  लिनुपर्छ जसमा कागती, चमेली, गुलाब वा लिली जस्ता फूलहरुको वासना भएको होस् ।

– गर्मीका कारण कडा वासना सहन जसलाई पनि गाह्रो हुन्छ । त्यसैले हल्का वासना भएको परफ्यूम वा स्प्रे लिनु पर्दछ ।

– कुनै पनि परफ्यूम लिन भन्दा अगाडि प्याच टेस्ट (परिक्षण) गर्नु एकदमै आवश्यक हुन्छ । जसले गर्दा छालामा सहने वा नसहने भन्ने थाहा हुन्छ ।

– परफ्यूम किनभन्दा अगाडि त्यसको म्याद सकिने मिति हेर्नुपर्दछ । साथै त्यो परफ्यूमको बारेमा गरिएको समीक्षा पनि हेर्नुपर्दछ ।

– अफिस, पार्टी हरेक ठाउँमा फरक फरक वासना राम्रो मानिन्छ । त्यसैले तपाईंलाई कहाँको लागि आवश्यक छ त्यही अनुसार छान्नु पर्दछ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved