फिल्ममा अभिनय नगरेकाहरूको चलचित्र संघको सदस्यता खारेज हुन्छ : मोहन निरौला

नेपालभ्युज

फिल्ममा अभिनय नगरेकाहरूको चलचित्र संघको सदस्यता खारेज हुन्छ : मोहन निरौला

काठमाडौं। नेपाल चलचित्र कलाकार संघले चलचित्रमा अभिनय नगरेका कलाकारहरूको सदस्यता खारेज गर्ने निर्णय गरेको छ।

बुधबार काठमाडौंमा आयोजित नयाँ वर्षको आदान-प्रदान कार्यक्रममा बोल्दै नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले चलचित्र नखेलेका कलाकारहरूको सदस्यता खारेज गर्ने बताए ।

उनले सदस्यता खारेजीको लागि आफू निर्वाचनको प्रक्रियालाई पर्खेर नबस्ने पनि स्पष्ट पारे । उनले सदस्य बनेकाहरूले नागरिकता मात्रै पेस गरेको तर अन्य कुनै चलचित्रमा अभिनय गरेको अभिलेख नपाइएकाले अब सबै सदस्यहरूले अभिलेखका लागि आफूले अभिनय गरेका चलचित्रहरूको बारेमा जानकारी दिन आग्रह गरे ।

उनले भने, ‘सदस्यताको विषयमा कुरा आइरहेको छ । त्यसलाई हामी हाम्रो कार्यकालमा स्पष्ट गर्नेछौँ । जसले चलचित्र खेलेको छैन, हाम्रो विधानको परिधिभित्र जो छैन, त्यो सदस्य छ भने हामी निर्वाचनको प्रक्रियालाई पर्खेर बस्दैनौँ, हामी त्यसलाई खारेज नै गर्छौं ।

सदस्य बन्नुभएकाहरूले सदस्य बन्दा धेरैको नागरिकता मात्रै छ, फिल्म खेलेको कुनै आधार छैन, अभिलेखीकरण गर्दैछौँ, अभिलेखीकरणका लागि आइदिनुहोस् ।’

त्यस्तै, चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले सबै कलाकार एक भएर नेपाली चलचित्रको विकास र सहकार्यमा हातेमालो गर्नुपर्ने बताए ।

त्यस्तै, चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले स्टारडमको नाममा कलाकारहरूले ७० लाखसम्म पारिश्रमिक बढाएको भन्दै कलाकार संघले न्यूनतम पारिश्रमिक तोक्नुपर्ने माग गरे । उनले आफूलाई स्टारडमबाट कमाइन्छ भन्ने विश्वास भए निर्मातासँग मिलेर आधा लगानी गर्न चुनौती दिए ।

उनले भने, ‘आफ्ना मागहरू राख्नु कुनै गलत छैन तर, अहिलेको परिस्थितिलाई हेरेर मात्रै आफ्नो पारिश्रमिक तोक्नुपर्छ। सात, आठवटा फिल्मले मात्रै लगानी उठाउन सकेका छन् तर अन्य चलचित्र डुबेका छन्, पारिश्रमिक बढाउने कुरा जुन आइरहेको छ, अहिले निर्माताहरूलाई फिल्म बनाउन नै धौधौ भइरहेको बेला स्टारहरूले ५० लाखदेखि ७० लाखसम्म लिने कुराले निर्माताहरूको लगानी सुरक्षित छैन, त्यसैले, कलाकार संघले स्टारहरूको न्यूनतम पारिश्रमिक तोक्ने काम गरोस्, स्टारडमप्रति विश्वस्त भए निर्मातासँग पार्टनरसिपपको रूपमा जानुस् ।’

त्यस्तै, नेपाली चलचित्र कलाकार संघका महासचिव सविन श्रेष्ठले कलाकार संघले नागरिकताअनुसार ७० वर्ष नाघेका चलचित्र कलाकारहरूलाई निःशुल्क आजीवन सदस्य बनाउने निर्णय संघले गरेको बताए ।

उनले भने, ‘संघका नियमित सदस्यज्युहरू जो नागरिकता अनुसार ७० वर्ष नाघिसक्नुभएको छ, उहाँहरूलाई निःशुल्क आजीवन सदस्य निर्णय भएको छ । कलाकारका हीत र चलचत्रि उद्योगको प्रवद्र्धनका लागि सल्लाह दिनुहोला ।’

महासचिव श्रेष्ठले कलाकारका हित र चलचित्र उद्योगको प्रवर्द्धनका लागि कलाकार संघ सदैव तयार रहेको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved