सगरमाथा आरोहणका क्रममा हिमपहिरोमा परेर ३ जना बेपत्ता

सगरमाथा बेसक्याम्प र क्याम्प १ को बीचमा पर्ने ड्याम क्षेत्रमा गएको हिमपहिरोमा परेर उनीहरु बेपत्ता भएको बताइएको छ ।

नेपालभ्युज

सगरमाथा आरोहणका क्रममा हिमपहिरोमा परेर ३ जना बेपत्ता

सोलुखुम्बु । सगरमाथा आरोहणका क्रममा ३ जना बेपत्ता भएका छन् । उनीहरू हिमपहिरोमा परेर बेपत्ता भएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी बसन्त भट्टराईले जानकारी दिए । “तीनजना बेपत्ता हुनुभएको छ,” उनले भने, ‘उहाँहरू तीनैजना नेपाली नागरिक हुनुहुन्छ ।’

सगरमाथा बेसक्याम्प र क्याम्प १ को बीचमा पर्ने ड्याम क्षेत्रमा गएको हिमपहिरोमा परेर उनीहरु बेपत्ता भएको बताइएको छ । बेपत्ता हुनेहरूमा डा. छिरि शेर्पा, लाक्पा तेण्डी शेर्पा र लाक्पा रिता शेर्पा रहेका छन् ।

सिम्रिक एयरको हेलिकप्टर प्रयोग गरेर बेपत्ताको खोजी र उद्धारको प्रयास भइरहेको भट्टराईले बताएका छन् । एसपीसीसी र इम्याजिन नेपालको संयुक्त टोली उद्धारका लागि ‘मूभ’ भएपनि सफल नभएको बताइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved