बैतडी जीप दुर्घटना : मृतक ६ जनाको पहिचान, पाँच जनाले हाम फालेर ज्यान जोगाए

पाटन नगरपालिका–८, झौलेक मोडमा मंगलबार राति साढे ११ बजे जीप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ  ।

नेपालभ्युज

बैतडी जीप दुर्घटना : मृतक ६ जनाको पहिचान, पाँच जनाले हाम फालेर ज्यान जोगाए
फाइल तश्वीर

बैतडी। बैतडीमा जिप दुर्घटना हुँदा ज्यान गुमाएका ६ जनाको पहिचान खुलेको छ ।

जयपृथ्वी राजमार्ग अन्तर्गत जिल्लाको पाटन नगरपालिका–८, झौलेक मोडमा मंगलबार राति साढे ११ बजे जीप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ  ।

प्रहरी निरीक्षक योगेश खत्रीका अनुसार मृत्यु हुनेमा बझाङको केदारस्युँ गाउँपालिका–५, बाँझका ६० वर्षीय मने बोहरा, सोही ठाउँका ४० वर्षीय नरे बोहरा, ३५ वर्षीय गोरख बोहरा, ४५ वर्षीय मानबहादुर धामी, ४५ वर्षीय बिर्ख धामी र ४५ वर्षीय वीरे धामी रहेका छन् । उनीहरू सबै एकै गाउँका हुन्।

जीप सवार पाँचजना सकुशल छन्। जीप खस्ने क्रममा सडकमै हाम फालेका पाँचैजना सकुशल रहेको प्रहरीले जनाएको छ । चालक सम्पर्कविहीन छन्।​ झुलाघाटबाट बझाङको बाग्थलातर्फ जाँदै गरेको से१ज ७६४ नम्बरको जीप अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved