अलङ्‌कारको ‘सानीवा’ आउँदै

नेपालभ्युज

अलङ्‌कारको ‘सानीवा’ आउँदै

काठमाडौं । पत्रकार एवम् स्रष्टा अजय अलङ्‌कारको कृति सानीवा (हृदय) को अफिसियल म्युजिक भिडिओ सार्वजनिक हुने भएको छ ।

आउँदो चैत्र ३० गते बिहीबार कुजनु रेस्टुरेन्ट एण्ड सेकुवा कर्नर सरस्वतीनगरमा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भु राईको प्रमुख आतिथ्यतामा सार्वजनिक गर्न लागिएको भिडिओ अलङ्‌कारको पाँचौं साङ्गीतिक कोशेली हो ।

फिमेल भर्सनतर्फ गायिका आभा मुकारुङले यसअघि नै सार्वजनिक गरिसकेकी सानीवाको मेल भर्सन गायक राजेन्द्र केरुङको स्वरमा सार्वजनिक गर्न लागिएको हो । अलङ्‌कारको शब्द र सङ्गीत रहेको गीतमा पविधन खालिङको सङ्गीत संयोजन रहेको छ ।

मिक्सिङको काम किशोर थापाले गर्दा रेकर्डिङ्ग साजन शाहले गरेका छन् । भिडिओमा अलङ्‌कार र छमछमी सिजन ३ का फष्ट रनरअप मनिता बुख्खो कुलुङ फिचर्ड छन् । त्यसैगरी फैलिमाया कुलुङ, समीप कुलुङसँगै बालकलाकारहरूमा संस्कृति कुलुङ र रेवन्त कुलुङ छन् ।

छायाङ्कन तथा सम्पादन सृजन शिरीष कुलुङको रहेको छ भने कथा, निर्देशन राजेन्द्र केरुङको रहेको छ ।

सोलुखुम्बुको महाकुलुङ गाउँपालिका गुदेल वरिपरि छायाङ्कन गरिएको भिडिओमा कुलुङ संस्कृति, भेषभूषासहित एक युवाले कलाकारितमा गर्नुपर्ने दु:खलाई देखाउन खोजिएको छ ।

अलङ्‌कारका पहिलो नजर लोकदोहोरी गीति एल्बम २०६५, शन्देश लोक आधुनिक गीति एल्बम २०६५, झुपडीको आँसु गीति सङ्ग्रह २०६७, मेरी आमा मुक्तक संग्रह २०६९, सानीवा गीति एल्बम २०७१, पोम्लालुङ गीति एल्बम २०७३, महाकुलुङ महोत्सव गान २०७४, महाकुलुङ गाउँपालिका गान २०७७, गुदेल स्कुल गान २०७९ लगायतका सिर्जनाहरू बजारमा छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved