ए डिभिजन लिग : सातदोबाटो र आर्मीको रोमाञ्चक बराबरी

नेपालभ्युज

ए डिभिजन लिग : सातदोबाटो र आर्मीको रोमाञ्चक बराबरी

काठमाडौँ । सहिद स्मारक ए डिभिजन लिगमा सातदोबाटो र आर्मी क्लबले ३–३ को रोमाञ्चक बराबरी खेलेका छन् ।

दशरथ रंगशालामा आइतबार भएको खेलमा आर्मीले दुईपटक अग्रता लिएको भएपनि त्यसलाई निरन्तरता दिन सकेन  ।

आर्मीका लागि जिलेप्सीजंग कार्कीले दुई गोल र दीपक गुरुङले एक गोल गरे ।

सातदोबाटोका लागि सरोज बस्नेत, सारडोरबेक र विलियम ओपोकुले एक/ एक गोल गरे ।

७ खेलपछि आर्मी ९ अंकसहित तालिकाको आठौँ स्थानमा छ। अघिल्लो खेलमा पनि आर्मीले थ्रीस्टारसँग गोलरहित बराबरी खेलेको थियो ।

आर्मीसँग बराबरी खेलेको सातदोबाटो ७ खेलबाट १३ अंक जोडेर तालिकाको तेस्रो स्थानमा छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved